arrow

गाँस, बास र कपास नागरिकको नैसर्गिक अधिकार : कांग्रेस नेता बराल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १४ शनिबार
Guru Baral.jpg

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले गाँस, बास र कपास नागरिकको नैसर्गिक अधिकार भएकोले यसतर्फ राज्यको ध्यान जान आवश्यक रहेको बताएका छन् ।

पोखरा महानगरपालिका वडा नं. १० स्थित सामुदायिक विकास केन्द्र नेपालको दशौं वार्षिक साधारणभा शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

आवास विहीनहरुका लागि विना धितो, विना ब्याज आवास निर्माणमा सहयोग गर्ने संस्था टोल छिमेकमा विरलै देख्न पाइने भन्दै नेता बरालले राज्यबाट गर्नुपर्ने काम गैरसरकारी संस्थामार्फत गरेकोमा उनले खुशी प्रकट गरे । 

केन्द्रले समाजमा रहेका आवास विहीनका लागि आवास निर्माण गरि सहयोग गरेको भन्दै उनले आफू पनि दिन दुःखीका लागि सेवा गर्दै आएको सम्झना गरे । 

राष्ट्रिय भूमि आयोग कास्कीका प्रवक्ता आशबहादुर गुरुङले नेपाल सरकारले गर्नु पर्ने काम संस्थाले गरेकोमा संस्थाको प्रशंसा गरे । उनले सरकारको तर्फबाट वास्तविक भूमिहीनको लागत राख्ने काम भइरहेको जानकारी दिए ।

नेपाली कांग्रेसका नेता सरस्वती गुरुङले वास्तविक आवास विहीनहरुका लागि आवास बनाउने काममा संस्थाले सहयोग गर्नुपर्नेमा जोड दिंदै आवास विहीनहरुको पहिचान गरि निःस्वार्थरुपमा लाग्न आग्रह गरिन् ।

संस्थाका अध्यक्ष शिवराज अधिकारीले समाजमा निम्न आय भएका आवास विहीन परिवारलाई घर मर्मत तथा निर्माणमा सहयोग गर्दै आएको बताए । विना धितो, विना ब्याज संस्थामार्फत आफ्नो सम्पति बैंकमा धितो राखि निःस्वार्थ आवास विहीनका लागि घर बनाएको भन्दै उनले आफूले राज्यबाट पाउनु पर्ने सहयोग नपाएकोमा गुनासो गरे । 

संस्थामा आवद्ध आवास विहीनहरुलाई स्वास्थ्य सेवामा सहयोग पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य विमा गरिएको सचिव गायत्रि फुयाँलले जानकारी दिइन् । केन्द्रलाई सहयोग गर्ने मानुभावहरुलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष संगीता पौडेल, सचिव गायत्री फुयाँल, पोखरा-१५ का वडासदस्य सेती माया गुरुङ, सल्लाहकार रामचन्द्र ढुङ्गाना, सदस्य गोर्कण तिवारी, कमला थापा, प्रेमप्रसाद बराल, लगायलतले बोलेका थिए । 



नयाँ