arrow

एक्काइस दिन दिल्ली बसाइपछि स्वस्थ्य भएर फर्किन् आरजू 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १५ आइतबार
aarzu-deuba.jpeg

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजू राणा देउवा स्वदेश फर्केकी छन् । भारतमा उपचार सकेर देउवा आइतबार स्वदेश फर्किएकी हुन् ।

आरजूको भारतमा पाठेघर सम्बन्धी रोगको उपचार गरिएको थियो । २१ दिन दिल्ली बसेर उपचार गरी स्वस्थ्य भएर उनी फर्किएकी हुन् ।

आरजू गत असार २६ गते उपचारका लागि भारत गएकी थिइन् । उपचारका क्रममा उनले केही भेटसमेत गरेकी थिइन् । 

उनी भारतमै रहेका बेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ