arrow

नेपाल र बंगलादेशको खेल बराबरीमै, नेपाललाई फाइनल पुग्न अब माल्दिभ्सले भारतलाई हराउनै पर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १७ मंगलबार
nepal-bangladesh-2022-08-02.jpg

काठमाडौं । साफ यू–२० च्याम्पियनशिप फुटबलको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ । नेपालले १–१ गोलको बराबरी खेलेको हो । भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा भएको खेलमा नेपालका लागि दिपेश गुरुङले गोल गरेका थिए । नेपाल १–० ले पछि परेको अवस्थामा गोल गरेको थियो । यसअघि नोभाले बंगलादेशका लागि ६३ औं मिनेटमा गोल गरेकामा ६८ औं मिनेटमा दिपेशले गोल गरेका थिए । 

यसअघि दुवै टिमका एक एक खेलाडीले रातो कार्ड खाएका थिए । यो खेलससँगै बंगलादेश १० अंकसहित फाइनलमा पुगेको छ भने नेपालले भारत र माल्दिभ्सबीचको खेलको नतिजा कुर्नुपर्ने भएको छ । यदि भारत पराजित भयो भने ७ अंकको नेपाल फाइनलमा पुग्नेछ । 

भारतले जित हासिल गरे नेपाल बाहिरिने छ र भारत फाइनलमा पुग्नेछ । 

बंगलादेशविरुद्ध कम्तीमा पाँच गोलको अन्तरले जित हासिल गरेको भए नेपाल फाइनलमा पुग्ने थियो । 

भारतविरुद्ध ८–० को पराजय भोगेसँगै नेपाल कमजोर बनेको हो । नेपालले श्रीलंका र माल्दिभ्सलाई भने पराजित गरेको थियो । नेपालको सात अंक छ भने माल्दिभ्ससँग खेल्नुअघि भारतको ६ अंक छ । भारतले बराबरी मात्र गरे पनि फाइनलमा पुग्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ