arrow

डिशहोमका सेवाहरु अब अनलाइनबाट रिचार्ज गर्न सकिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १९ बिहिबार
dishhome-2079-04-18.jpg

काठमाडौं । डिशहोमले प्रदान गर्ने सेवाहरु फाइबरनेट, डीटीएच र फाइबरनेट प्लस डीटीएच कम्बो अब नेपालमा उपलव्ध अनलाइन सेवा मार्फत गर्न सकिने भएको छ । 

अब आईएमई पे, ई–सेवा, खल्ती र प्रभु पेमार्फत यी सेवाहरु सजिलै अनलाइन रिचार्ज गर्न सकिने भएको छ । रिचार्ज गर्ने क्रममा आफूले कुन सेवा लिइएको छ त्यसलाई राम्रोसँग बुझेर मात्र रिचार्ज गर्नुपर्ने डिशहोमले जनाएको छ । 

जस्तै डिशहोम डीटीएच मात्र प्रयोग गरेको भए टीभी सेगमेन्टमा गएर डिशहोममा क्लिक गरेर रिचार्जसमेत गर्न सकिने भएको छ । 

त्यस्तै डिशहोम फाइबरनेटमात्र चलाएको भए इन्टरनेट सेगमेन्टमा गएर डिशहोम फाइबरनेटमा क्लिक गरेर रिचार्ज गर्न सकिने डिशहोमले जनाएको छ । 

र त्यस्तै फाइबरनेट प्लस डीटीएच कम्बो प्याकेज लिएको भए यसको लागि पनि टीभी सेगमेन्टमा गएर डिशहोम कम्बो प्याकेजमा क्लिक गरेर आफ्नो कम्बो प्याकेज रिचार्ज गर्न सकिने भएको छ । 

यदि अनलाइन रिचार्जका क्रममा केही समस्या आएमा ग्राहक केन्द्र ९८०१५४४००० मा सम्पर्क गर्न पनि डिशहोमले आग्रह गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ