रायमाझीको प्रश्न- प्रचण्डले ओलीलाई नेता मान्दा हुने मैले मान्दा नहुने ?
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
1k
Shares
काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई नेता मान्दा हुने तर आफुले ओलीलाई नेता मान्दा नहुने भन्दै प्रश्न गरेका छन् । रायमाझी एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपा फुटेपछि एमाले तर्फ गएका थिए । त्यसअघि उनी माओवादी नेताका रूपमा थिए ।
नेता रायमाझीले प्रश्न गरे,' प्रचण्डले ओलीलाई तीन वर्षसम्म नेता मान्दा ठिक हुने मैले मान्दा कसरी बेठिक हुने ?'
उनले आफूहरूले पदको लागि माओवादी छोडेको भन्ने आरोपमा सत्यता नभएको जिकिर गरे । निर्वाचनमा कसले जित्छ भनेर अहिले अड्कलबाजी गर्ने बेला नभएको बताउँदै स्वतन्त्र चुनाव जितेका जनप्रतिनिधिहरूलाई कार्यसम्पादनमा गाह्रो पर्ने गरेको टिप्पणी गरे ।