arrow

सन्दीप लामिछाने बने इन्टरनेशनल टी–२० लिगको मार्की खेलाडी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
sandeep-lamichhane3.jpg
तस्बिर– फाइल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछाने यूएईको फ्रेन्चाइज क्रिकेट यूएई इन्टरनेशनल टी–२० लिगको मार्की खेलाडीको रुपमा अनुबन्धित भएका छन् । 

इमिरेट्स क्रिकेट बोर्डले पहिलो संस्करणका लागि सन्दीपलाई मार्की खेलाडीको सूचीमा राखेको हो । बोर्डले सोमबार सन्दीपसहित २१ खेलाडीलाई मार्कीको रुपमा राखिएको जनाएको छ ।

प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुवरी १२ सम्म आयोजना हुनेछ । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३४ खेल हुनेछ ।

प्रतियोगितामा सहभागी टोलीले १८ खेलाडी टिममा राख्न पाउने छन् । जसमा १२ विदेशी खेलाडी राख्न पाइनेछ । यस्तै हरेक टोलीले तीन जना यूएईका खेलाडी, दुई एसोसिएट राष्ट्रका र एक यूएई यू–२३ टिमका खेलाडी अनिवार्य गरिएको छ । 

प्लेइङ–११ मा भने कम्तीमा एक जना यूएई र एसोसियट राष्ट्रका खेलाडी हुनु पर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ