arrow

भारत–पाकिस्तानबीचको भिडन्त २८ अगस्तमा, भारतीय टिमको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
india-pakistan-cricket.jpg
तस्बिर– फाइल

काठमाडौं । एसिया कप क्रिकेटका लागि साविक विजेता भारतले एसिया कप क्रिकेटका लागि टोलीको घोषणा गरेको छ । भारतले रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टिममा फर्ममा नभएका पूर्व कप्तान विराट कोहलीसमेत टोलीमा अटाएका छन् । त्यस्तै लोकेश राहुलसमेत टोलीमा फर्किएका छन् । रोहित शर्मा, विराट कोहली, लोकेश राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त, दिनेश कार्तिक, दीपक हुड्डा, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, युजभेन्द्र चहल, रवि बिश्नोई, भुवनेश्वर कुमार, अर्शदीप सिंह र आवेश खान टोलीमा परेका छन् । 

यस्तो छ खेल तालिका
एसिया कप अगस्त २७ बाट शुरु हुँदैछ । भारत समूह ‘ए’ मा रहेको छ । यो समूहमा भारतसहित पाकिस्तान र छनोटबाट आउने एक टोली रहेका छन् । कुवेत, हङकङ, सिंगापुर र कुवेतमध्ये एक टोली यस समूहमा रहने छन् ।

प्रतियोगितामा ६ टोली सहभागी हुदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।

समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ ।

समूहका शीर्ष दुई टिम सुपर फोरमा पुग्नेछन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

उद्घाटनमा २७ अगस्तमा श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

भारत र पाकिस्तानबीचको खेल २८ अगस्तमा हुनेछ । यो खेलको महत्व निकै रहने गरेको छ । भारत–पाकबीचको खेल खेलकुदका लागिमात्र नभइ कुटनीति र राजनीति पनि उत्तिकै रहने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ