arrow

अर्काको पतिसँग अफेयर राख्ने महिला फन्दामा, ३.७९ मिलियन युआन क्षतिपूर्ति दिन अदालतको आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
rule-of-law.jpg

काठमाडौं । चीनको एक अदालतले एक युवतीलाई आफ्नो प्रेमीको पत्नीलाई ३ दशमलब ७९ मिलियन युयान क्षतिपूर्ति दिन फैसला गरेको छ । उनीहरूको सम्बन्धलाई कानूनले मान्यता नदिएको भन्दै अदालतले यस्तो फैसला गरेको हो । अदालतले महिलाको पक्षमा फैसला गर्दै  प्रेमीकी श्रीमतीलाई ३.७९ मिलियन युआन तिर्न आदेश दिएको हो ।

उत्तरपूर्वी चीनको लिओनिङस्थित झुआङ्घेको जनअदालतले जारी गरेको कागजातअनुसार वादी ली उपनामकी महिला र उनका पति वाङले सन् १९९१ मा विवाह गरेका थिए । सन् २००८ मा वाङले सिआओक्सिया नाम गरेकी अर्को महिलासँग विवाहइतर सम्बन्ध शुरु गरेका थिए ।

केही वर्षअघि लीले आफ्ना पतिको अफेयरबारे थाहा पाएकी थिइन् । पतिले उनलाई नियमित पैसा पठाउने गरेको उनले पत्ता लगाएकी थिइन् ।  सन् २०१३ देखि २०२० को अवधिमा वाङले प्रेमिकालाई १ दशमलब ४७ मिलियन युयान रकम, १ दशमलब ४५ मिलियन मूल्यका दुई ओटा अपार्टमेन्ट र  र एउटा महंगो कार दिएको खुलासा भएको थियो । 

सियाओक्सियाले वाङ विवाहित थिए भनेर आफूलाई कहिल्यै पत्तो नभएर उनले वर्षौंदेखि वाङबाट प्राप्त गरेको पैसा बालकको सहयोगका लागि प्रयोग गरिएको तर्क गरेकी थिइन् । तर अदालतले यो मुद्दा सम्पत्तिको स्वामित्वको बारेमा भएको भन्दै प्रेमीको पत्नीको पक्षमा वकालत गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ