arrow

चार जुवाडे रङ्गेहात पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २५ बुधबार
Arrest-Crime.jpg

सल्यान । बागचौर नगरपालिका–३ रारेचौरस्थित खाली घरमा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही नगरपालिका–५ गोठीवन बस्ने ३९ वर्षीय  लिलमान भण्डारी लगायत ४ जना छन् । उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनीहरुलाई १८ हजार ७ सय ४५ रुपैयाँ र ४ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ