arrow

सुपर कप फुटबलको उपाधि रियाल मड्रिडलाई, बेन्जेमाले राखे गोलको रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
real-madrid-super-cup-football-winner-2022.jpg

काठमाडौं । आफ्नो करियरको ३२४औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधि स्पेनिश क्लब रियाल मड्रिडलाई जिताएका छन् । बुधबार राति हल्सिन्की ओलम्पिक स्टेडियममा भएको खेलमा फ्रान्कफर्टलाई २–० ले पराजित गर्दै रियालले सुपर कपको उपाधि जितेको हो । 

रियालको जितमा डेभिड अलाबा र बेन्जेमाले दुवै हाफमा एक एक गोल गरे  ।  बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यस अघि रियालले ला लिगा र युईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो । 

बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल पुर्‍याएका छन् । उनी क्रिष्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन् । ३४ वर्षीय बेन्जेमाले यस सिजनमात्रै ४६ खेलमा ४४ गोल गरेका छन् । 

रियालमा सर्वाधिक गोल गर्ने खेलाडी रोनाल्डो हुन् । उनले ४५० गोल गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ