- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सत्ता साझेदार पाँच दलको सिट बाँडफाँट सम्बन्धी गठित कार्यदलको दोस्रो बैठक आज बस्ने भएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटको खाका तयार पार्न गठित कार्यदलको दोस्रो बैठक दिउँसो २ बजे बैठक बस्न भएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।
कार्यदलले आज सिट बाँडफाँटको आधार र मापदण्ड तय गर्ने छ । यसअघिको पहिलो बैठकले कार्यदलको संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई तोकेको थियो ।
सत्तारुढ दलको सिट बाँडफाँट कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् ।
साथै माओवादी केन्द्रबाट वर्षमान पुन र देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुशाल र प्रमेश हमाल रहेका छन् ।
यस्तै जनता समाजवादी पार्टी जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्यमा रहेका छन् ।