arrow

अचानोले हानेर श्रीमानको हत्या, श्रीमती पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
death photo.jpg

चितवन । चितवनमा श्रीमतीको आक्रमणबाट श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. २१ का  ५६ वर्षीय टीकाराम विक रहेका छन् ।

प्रहरीका अनुसार पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडाका क्रममा श्रीमती ५४ वर्षीया विनमाया विकले श्रीमान् टीकारामलाई अचानोले आक्रमण गरेकी थिइन् । 

आक्रमणबाट टाउकोमा चोट लागेका टीकारामको मंगलबार घरभित्र कोठामा शव भेटिएको हो ।

श्रीमती विनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टीकरामको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ