arrow

स्पेनिश ला लिगा शुरु, सेभियालाई झड्का, ओसासुनाको विजयी शुरुआत 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २८ शनिबार
la-liga-osasuna-2022.jpg

काठमाडौं । स्पेनिश ला लिगा फुटबलको नयाँ सिजन शुरु भएको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा ओसासुना विजयी भएको छ । 

सेभियालाई २–१ गोल अन्तरले हराउँदै ओसासुनाले सुखद शुरुआत गरेको हो । खेलको नवौं मिनेटमा इजिक्वेइल अभिलाले गोल गर्दै ओसासुनालाई अग्रता दिलाए ।

खेलको ११ औं मिनेटमा राफा मिरले गोल गर्दै सेभियालाई १(१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ७४ औं मिनेटमा ईमर ओरोजले पेनाल्टीमा गोल गर्दै ओसासुनालाई २–१ को जित दिलाए ।

यस जितसँगै ओसासुनाले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

सेभियाले हारबाट सिजनको शुरुआत गरेको छ ।

लिग अन्तर्गत आज तीन खेल हुनेछन् । पहिलो खेलमा राति ८ः४५ बजे सेल्टाभिगोले घरेलु मैदानमा स्पानियोलसँग खेल्नेछ । 

दोस्रो खेलमा राति १०ः४५ बजे रियाल भल्लाडोलिडले घरेलु मैदानमा भिल्लारियलसँग खेल्नेछ । 

त्यस्तै तेस्रो खेलमा राति १२ः४५ बजे बार्सिलोनाले घरेलु मैदानमा रायो भाएकानोसँग खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ