arrow

अर्घाखाँचीमा मुस्कानलाई उम्मेदवार बनाउन पाँच दलीय गठबन्धनमा दबाब 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २८ शनिबार
bishnu-muskan-passport-size.jpg

अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ अर्घाखाँची प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि बलियो दाबेदारी भएका नेता हुन् । कांग्रेसको १३ औं महाधिवेशनमा सर्वसम्वत जिल्ला सभापति निर्वाचित भएपछि पार्टी संगठन निर्माण, पार्टी प्रवेश, क्रियाशील सदस्यताको लिष्ट केन्द्रमा बुझाउने कार्यमा अर्घाखाँचीलाई पहिलो जिल्लासहित उत्कृष्ट काम गरेका थिए ।

अघिल्लो स्थानीय तहको चुनावमा जिल्लाका ६ स्थानीयमध्ये ४ तहमा कांग्रेस–माओवादी चुनावी तालमेल भएको थियो । त्यसमा ३ तहमा गठबन्धनसहित कांग्रेस उम्मेदवारले चुनाव जितेका थिए । 

छत्रदेव र पाणिनीमा कांग्रेस एक्लै लडेर जितेको थियो । ६ स्थानीय तहका १२ पद मध्येमा ६ पदमा कांग्रेस उम्मेदवारले चुनाव जितेका थिए । दोस्रो पटक भएको स्थानीय तहको चुनावमा कांग्रेसले दुई पदमा मात्रै जितेको छ । अघिल्लो स्थानीय तहको चुनाव जिताउन उल्लेख्य भूमिका खेलेका मुस्कानले पार्टी संगठनलाई मजबुद पारेका छन् । ।

आम कांग्रेस कार्यकर्ताबीच लोकप्रिय मुस्कानलाई बहुसंख्यक कार्यकर्ता सहित पाँच दलीय गठबन्धनका नेता तथा कार्यकर्ताले संघीय सांसदको चुनाव लड्न दबाब दिएका छन् । 

कांग्रेसले मुस्कानलाई उम्मेदवार बनाए भारी मतले विजयी हुने कार्यकर्ताको बुझाइ छ । पार्टी सभापति भएपछि देशभरमध्ये अर्घाखाँची कांग्रेसको काम गराइमा उत्कृष्ट सभापतिको रुपमा मुस्कान गनिएका थिए ।

‘पार्टीले टिकट दिएमा म संघीय चुनाव लड्ने तयारीमा छु,’ मुस्कानले भने, ‘भारी मतले चुनाव जित्छु । मेरो बलियो दाबेदारी रहन्छ ।’ 

यसपालि माओवादी, राजमो, नेकपा एस, जसपाको मतले कांग्रेस उम्मेदवारले चुनाव जित्ने सुनौले अवसर आएको छ । सबै कांग्रेस नेता एकढिक्का भएर लगातार तीन पटक माओवादीबाट चुनाव जितेर उपप्रधानमन्त्रीसम्म भएका एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई हराउनुपर्ने दवाब कार्यकर्ताले नेतृत्वलाई दिएका छन् ।

जनस्तरसम्म प्रभाव राम्रो भएको र एमालेका मतसमेत पाउन सक्ने भएकाले प्रतिनिधि सभाको उम्मेदवार मुस्कानलाई नै बनाउनुपर्ने बहुसंख्यक कार्यकर्ताको सुझाव नेतृत्वलाई रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ