arrow

प्रधानमन्त्री देउवा र डा शेखर कोइरालाबीच  छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
deuba-shekhar.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच छलफल भएको छ । प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएपछि उनीसँग छलफल गर्नका लागि डा. कोइराला बालुवाटार पुगेका हुन् ।

देउवा र शेखरबीच कुन विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन । शेखर पक्षको बैठक चलिरहेका बेला देउवाले छलफलका लागि बोलाएका हुन् ।

शेखर पक्षका दोस्रो तहका नेता तथा भ्रातृ संस्थाका पूर्व पदाधिकारीहरूको बैठक आज बोलाइएको थियो । 

दुवैबीच चुनाव केन्द्रीत छलफल भएको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ