arrow

गठबन्धनभन्दा पार्टी सुदृढ गर्न देउवालाई शेखर कोइरालाको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३० सोमबार
deuba-shekhar.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन गर्न सुझाव दिएका छन् । 

पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन नगरी गठबन्धनमा मात्रै जोड दिँदा परिणाम राम्रो नआउने भन्दै कांग्रेस डा. कोइरालाले सुझाव दिएका हुन् । 

आइतबार प्रधानमन्त्री देउवाले बालुवाटारमा बोलाएपछि उनीसँग छलफल गर्नका लागि डा. कोइराला अपराह्न ३ बजे बालुवाटार पुगेका थिए । भेटमा कोइरालाले भ्रातृ संस्थाका अध्यक्ष , केन्द्रीय कार्यसमितिका सदस्य मनोनयनमा एकलौटी गरेको बताएका छन् । 

देउवासँग एक घण्टा कुराकानी गरेका डा. कोइरालाले एकलौटी ढङ्गले अघि बढे गठबन्धन मात्रै गरेर कुनै लाभ नहुने र देशभरका कार्यकर्तामा असन्तुष्टि रहेको सुनाएका थिए । 

यता सभापति देउवाले हालसम्म भएका निर्णय स्वीकार गर्न आग्रह गरेका थिए । उनले भविष्यमा परामर्श गरेर अघि बढ्ने आश्वासन दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ