arrow

मोरङमा आगलागी, एक जनाको जलेर मृत्यु

logo
विवेक मिश्र,
प्रकाशित २०७९ भदौ २ बिहिबार
morabg-aago.jpg

मोरङ । मोरङको सुन्दरहरैँचा ११ बेलेपुरचोक स्थित बालकृष्ण गिरिको काठको मिलसँगै जोडिएको घरमा राति आगलागी हुँदा एक जना पुरुषको जलेर मृत्यु भएको छ । 

 बुधबार राति करिब ११ बजे विद्युत् सट भएर आगलागी भएका कारण करिब ४३ वर्षीय पुरुषको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। 
 
 आगलागीका कारण मानवीय क्षति हुनुका साथै घरको माथिल्लो तल्ला समेत जलेर पूर्ण रूपमा ध्वस्त भएको छ। 

सुन्दरहरैंचा, बेलबारी लगायत विभिन्न स्थानका ६ वटा वरूणयन्त्रको साथमा स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको सहयोगमा राति करिब ३ बजे आगो नियन्त्रणमा लिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ