arrow

विमानस्थलबाट चार जना पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २ बिहिबार
tia-international-airport.jpg

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४९ ग्रामको २ थान सुनको बेरुवा औँठी र १ थान आई फोन-१३ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपलिका-१२ घर भएका २६ वर्षीय शिखर कुमार उपाध्याय, मकवानपुर हेटौंडा उपमहानगरपालिका-९ घर भएका ४६ वर्षीय बुद्धी बहादुर थिङ, रामेछाप दोरम्बा गाउँपालिका-३ घर भएका २० वर्षीय नारायण थापा मगर र रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका ३२ वर्षीय राज कुमार योन्जन तामाङ रहेका छन् । 

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका शिखरलाई जाँच गर्ने क्रममा उक्त औँठी र मोबाइल सहित शिखर र अन्य तीन जना समेतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ