arrow

अटो रिक्सामा करेन्ट लागेर बाबुछोराको मृत्यु

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ भदौ ४ शनिबार
current-socked.png

नेपालगन्ज  । नेपालगन्जमा शनिबार बिहान करेन्ट लागेर  बाबु–छोराको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का  ४० वर्षीय बाबु परसुराम कलवार र २५ वर्षीय छोरा बब्लु कलवारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता  प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिएका छन् । 

 छोरा बब्लुलाई अटो रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेपछि बचाउन खोज्दा बाबु परसुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएपछि उनीहरूलाई नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचारका लागि लगिएको थियो। 

उपचारका  क्रममा बाबु र छोराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । प्रहरीले शव परीक्षणका लागि भेरी अस्पताल पठाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ