arrow

गिरीको आजै अन्त्येष्टि, श्रद्धाञ्जलीका लागि शिवालय र पार्टी कार्यालयमा राखिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
pradip-giri.JPG

काठमाडौं । शनिवार राती नेपाली कांग्रेसका नेता, विश्लेषक एवं सांसद प्रदीप गिरीको निधन भएको छ । नेता गिरीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममाा शनिवार राति ९ : ३० बजे निधन भएको थियो । 

नेता गिरीले २०१७ सालताका राजनीतिक यात्रा सुरु गरेका हुन् । उनी वि.सं. २०२४ मा भारतको बनारसमा रहँदा नेपाल छात्र सङ्घको उपाध्यक्ष थिए । गिरीले जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका थिए । 

लोकतान्त्रिक आन्दोलनका क्रममा वि.सं. २०२५ मा १८ महिना र २०४२ मा करिब एक वर्ष गरी उनी झण्डै चार वर्ष जेल बसेका थिए।

गिरी वि.सं. २०५१ को मध्यावधि निर्वाचनमा सिराहबाट विजयी भएका थिए। त्यस्तै नेता गिरी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सिरहा १ बाट निर्वाचित सांसद हुन्।

गिरीको निधनपछि नेपाली कांग्रेस संसदीय दलले निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक विज्ञप्ति जारी गरेको छ । 

कांग्रेस संसदीय दलका सचेतक विश्वकर्माले विज्ञप्ति जारी गर्दै गिरीको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा राखिने छ ।

 त्यस्तै बिहान ११ : ३० बजे देखि दिउँसो २ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन सानेपामा राखिने छ । त्यस पश्चात् उनको अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिने विश्वकर्माको विज्ञप्तिमा उल्लेख छ । 

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ