arrow

कांग्रेसका सबैजसो नेताहरु मेडिसिटीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
299984736_781299816645018_6951985121903765400_n.jpg

काठमाडौं । नेपाली कांग्रेसका सबैजसो नेताहरु यतिबेला ललितपुरको मेडिसिटी अस्पतालमा पुगेका छन् । कांग्रेस नेता एवं सांसद प्रदीप गिरीको निधनप्रति शोक व्यक्त गर्न नेताहरु मेडिसिटी अस्पतालमा पुगेका हुन् । 

गिरीको गएराति अस्पतालमा निधन भएको थियो । उनी लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए । अस्पतालमा पूर्व राष्ट्रपति एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. रामवरण यादव, डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापाका साथै धेरै जसो केन्द्रीय सदस्यहरु पुगेका छन् । 

त्यस्तै गृहमन्त्री एवं केन्द्रीय सदस्य बालकृष्ण खाँड, अर्थमन्त्री जनार्दन शर्मा लगायतका मन्त्रीहरुसमेत अस्पतालमा पुगेका छन् । 

अस्पतालमा नेता गिरीको शुभचिन्तकबाटै भरिएको छ । त्यस्तै स्वामी आनन्द अरुण पनि अस्पतालमा पुगेका छन् । उनले छोटो प्रतिक्रिया दिँदै नेता गिरीलाई कांग्रेस पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराई (किसुनजी) सँग तुलना गरेका छन् । उनले नेता गिरी कहिल्यै लोभलालचमा नफसेको बताए । 

नेता गिरीको पार्थिक शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पीपीनगर सानेपा लैजाने तयारी भइरहेको छ । बढ्दो चापलाई ध्यानमा राखेर करिब १२ बजेमात्र पार्टी मुख्यालय लैजाने तयारी भएको बताइएको छ । 

त्यसैगरी २ बजेपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लैजाने बताइए पनि कांग्रेसका एक नेताका अनुसार भारतबाट केही नेताहरु आउन सक्ने भएकाले अन्तिम संस्कारमा ढिलाइ हुन सक्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ