arrow

ला लिगामा बार्सिलोनाको पहिलो जित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
barcelona-2022-la-liga.jpg

काठमाडौं । स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीको दुई गोल प्रेरित बार्सिलोनाले आइतबार राति स्पेनिश ला लिगा फुटबलमा रियाल सोसिडाडलाई ४–१ अन्तरले पराजित गरेको छ । पहिलो जित निकाल्ने क्रममा लेवान्डोस्कीले दुई गोल गरे भने अन्सु फाती र औसमाने डेम्बेलेले एक एक गोल गरे । सोसिडाडका एलेक्सजेण्डर इसाकले एक गोल फर्काए ।

बार्सिलोनाले पहिलो मिनेटमै गोल गरेपनी पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा आक्रमक खेल खेल्न सफल बार्सिलोनाले तीन गोल थप्यो ।

पहिलो खेलमा रायो भालेकानोसँग रोकिएको क्याटलान क्लबको यो पहिलो तीन अंक हो । जितसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा छ । सोसिडाड २ खेलमा ३ अंक जोडेर दशौँ स्थानमा छ ।  

अंक तालिका –
दुई खेलबाट ६ अंकसहित भिल्लारियल, रियाल मड्रिड, रियाल बेटिस र ओसासुनाको समान ६ अंक छ । 

बार्सिलोना, रायो भाएकानो र एथलेटिक बिलबाओको ४–४ अंक छ । एथलेटिको मड्रिड, भ्यालेन्सिया र रियाल सोसिडाडको ३–३ अंक छ । पाँच क्लबले खाता खोलेका छैनन् ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ