arrow

सत्ताधारी गठबन्धनको छलफलअघि प्रचण्ड र माधवबीच वार्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
prachanda-madhavs.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको छ । 

ललितपुर हात्तीवनमा आज भएको छलफलमा दुई पार्टीबीचको सम्बन्ध एवं सत्तारुढ गठबन्धनलाई थप मजबुत बनाउने लगायतका विषयमा कुराकानी भएको थियो । 

यस्तै, आगामी मङ्सिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभाको निर्वाचनका तयारीका बारेमासमेत त्यसअवसरमा छलफल भएको थियो । माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले समसामयिक राजनीतिक विषयमा दुई शीर्ष नेताबीच कुराकानी भएको जानकारी दिए । 

आजै प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्ने तयारी छ ।

गठबन्धनको बैठक बस्नुअघि दुई पार्टीका मन मिल्ने अध्यक्षहरुबीच छलफल हुनुलाई सार्थकपूर्ण तरिकाले हेरिएको छ । पछिल्लो समय पाँच दलीय गठबन्धनभित्र पनि वाम गठबन्धनको चर्चा हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ