arrow

सबैभन्दा बढी खाद्यान्न मूल्य मुद्रास्फीति भएका १० देशमध्ये श्रीलङ्का पाँचौँ स्थानमा

logo
एएनआई,
प्रकाशित २०७९ भदौ ७ मंगलबार
srilanka-economic-crisis-may-2022.jpg

कोलम्बो। विश्व बैङ्कको पछिल्लो तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी खाद्यान्न मूल्य मुद्रास्फीति भएका १० देशमध्ये श्रीलङ्का पाँचौँ स्थानमा परेको छ।

आफ्नो खाद्य सुरक्षा अनुगमन अद्यावधिक प्रतिवेदनमा विश्व बैङ्कले युक्रेनमा युद्ध सुरु भएदेखि नै खाद्यान्न र कृषि मलहरूको मूल्य वृद्धिसँगै यसको खाद्य सुरक्षाको सहजतामा कठिनाइ थपिएको छ।

कोरोना महामारीको सुरुमा सम्भावित खाद्यान्न अभावको सामना गर्दा देशहरूले घरेलु आवश्यकताहरूलाई परिपूर्ति गर्न सक्रिय व्यापार नीति प्रयोग गरेका थिए जसले विश्व व्यापारमा उतारचढाव ल्याएको छ।

गत जुलाईसम्म श्रीलङ्काले घरेलु खाद्यान्न आपूर्तिमा चरम अभावको अनुभव गरिरहेको छ। विदेशी मुद्रा सञ्चित अभावले देशले ठूलो व्यापार घाटा व्यहोरेको छ। खाद्यान्न आयात गर्न अहिले पनि विदेशी मुद्राको चरम अभाव छ।

पाकिस्तान लगायत दक्षिण एसियाली देशहरूमा खाद्यान्नको मूल्य मुद्रास्फीति उच्च रहँदा यस्तो भएको हो। भरखरै युक्रेनी अन्न ढुवानी चलिरहेको छ तर खाद्य सुरक्षामा चुनौती यथावत् छ।

विश्व बैङ्कको मूल्याङ्कन अनुसार विगत दुई साताको अवधिमा विश्वव्यापी रूपमा कृषि, अनाज र निर्यात मूल्य सूचकाङ्कहरू स्थिर रहेकाले कृषि तथा अनाजको मूल्य सूचकाङ्क दुई साता अघिको तुलनामा एक प्रतिशतले बढेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ