arrow

सिट बाँडफाँट स्थानीय तहको परिणामका आधारमा – डा शशांक कोइराला 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १० शुक्रबार
sashank-koi-mn.jpeg

चितवन । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सङ्घ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सत्यका आधारमा सिट बाँडफाँट हुनुपर्ने बताए । 
 
उनले भने, “स्थानीय निकायको निर्वाचनमा पाएको सङ्केत र सत्यताका आधारमा सिट भाग लगाउनुपर्छ ।” कांग्रेसले ९५ देखि एक सय सिट पाउनुपर्ने दाबी उनको थियो । गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने उनको भनाइ थियो । 

अहिले गठबन्धनको विकल्प नरहेको भन्दै उनले गठबन्धनका दल सहमतिमा आउने बताए । निर्वाचनमा कांग्रेस होमिएको भन्दै उनले आम नेता तथा कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा सहभागी हुनसमेत आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ