arrow

जनताको साथमा कांग्रेस अभियान रसुवामा पनि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ११ शनिबार
congress-rajendra-kc.jpg

रसुवा । जिल्ला सदरमुकाम धुन्चेमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाको आयोजनामा जनताको साथमा कांग्रेस अभियानको शुभारम्भ गरिएको छ । पार्टीको केन्द्रीय प्रतिनिधि एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद राजेन्द्र केसीको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको हो ।

कार्यक्रममा पार्टी सभापति पेम्बा छिरिङ तामाङ, केन्द्रीय सदस्य एवम संघीय सांसद इन्जिनियर मोहन आचार्य, बागमती प्रदेश सभा सदस्यद्वय प्रभात तामाङ र प्रेम बहादुर तामाङलगायत विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

पार्टीले देशव्यापी रुपमा भदौ १० गतेदेखि २४ गतेसम्म अभियानको विभिन्न तहमा कार्यक्रम गर्ने सर्कुलर जारी गरेको छ। आगामी संघीय निर्वाचन र प्रदेश निर्वाचन केन्द्रीत रहेर अभियान संचालन गरिएको प्रतिनिधि केसिले बताउनुभयो। जनताको वास्तविक समस्या र आपेक्षाको पुर्तिमा जोड दिन सम्पूर्ण जनप्रतिनिधिहरुलाई उनले  निर्देशनसमेत दिए । 

अभियानको मुख्यरुपमा चार उद्देश्य रहेको सांसद आचार्यले बताए । मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदानमा सहभागी भइ आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने अभियानको मुख्य उद्देश्य रहेको उनले बताए । 

अभियान अन्तर्गत जनताको घर आँगनमा पुग्न, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्न, जनताको भावना बुझ्न र जनताको भावनाअनुरुपको रुपान्तरण र विकास परियोजनाबारे जनतासँग विविध ढङ्गले अन्तक्र्रिया गर्न उनले नेता कार्यकर्तालाई आग्रह गरे । 

कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सुसूचित गर्न र निर्वाचनमा कांग्रेसलाई विजयी गराउने पक्षमा माहोल बनाउन उनले नेता कार्यकर्तालाई आग्रह गरे । 

अभियान सफल बनाउन ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिइसकेका छन् भने सात प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति एवं पालिका कार्यसमितिले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकताअनुरुप प्रतिनिधि खटाएका छन् ।

अभियानको उद्घाटन भिन्न जिल्लामा भिन्नभिन्नस्वरुपमा गरिएको छ । जिल्लाले स्थानीय स्थिति, समय र सम्भावित प्रभावको आँकलन गरेर कहीँ जिल्लास्तरीयरुपमा, केही जिल्लाको निर्देशनअनुरुप क्षेत्रीय, प्रदेश क्षेत्रीय, पालिका या जिल्लाभर एकसाथ वडा तहमा उद्घाटन समारोह गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ