arrow

सुवास नेम्वाङकै विरुद्ध एमालेका सक्रिय युवाको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १२ आइतबार
keshav-khanal-ilam.jpg

इलाम । २७ वर्षसम्म नियमित सांसद भएर इलामको विकासका लागि सिन्कोसमेत नभाँचेका एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई यसपालिको निर्वाचनबाट इमालबाटै बिदा गर्न विपक्ष दलका नेताहरु एकजुट भइरहँदा पछिल्लो समय एमालेकै युवासमेत तात्तिएका छन् । 

इलाम संघीय निर्वाचन क्षेत्र २ बाट एमाले युवा नेता व्यवसायी तथा समाजसेवी केशव खनालले एमालेकै उपाध्यक्ष नेम्वाङविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले स्वतन्त्र उम्मेद्धारका रुपमा आफूले उम्मेद्धारी दर्ता गराउने बताएका छन् । 

इलामको क्षेत्र नम्वर २ मा पर्याप्त विकास हुन नसक्दा जनताले दुःख पाएको भन्दै खनालले विकास र समृद्धिका लागि नेम्वाङलाई पराजित गर्नुपर्ने अवस्था रहेको तीतो यथार्थ सुनाउँदै आफूलाई सघाउन पनि सम्पूर्ण मतदातालाई आग्रह गरेका छन् । 

नेम्वाङले आफ्नो निर्वाचन क्षेत्रमा विकासका लागि दुई प्रतिशत पनि विकास गर्न नसकेको खनालको दाबी छ । 

केशवका दाजु बुद्धि उनै नेम्वाङका करिब दुई दशकसम्म निरन्तर स्वकीय सचिवमा रहेर काम गरिसकेका छन् । बुद्धि हाल माई नगरपालिका ७ का वडाध्यक्ष छन् । 

तर दलले देशमा विकास गर्न नसकिरहेको आरोप लागिरहेका बेला केशवले स्वतन्त्र रुपमा उम्मेद्धारी घोषणा गर्न लागेका हुन् । 

केशवले अढाई दशक बढी समयदेखि एमाले इलामको विभिन्न पदमा रहेर काम गर्दै आएका छन् । 

केही वर्ष अघि उनी विभिन्न खाले नेपाल बन्दमा इलामलाई बन्दमुक्त बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । 

उनी २०५३ सालमा एमालेको विद्यार्थी संगठन अखिलको इलाम नगरपालिकाको संस्थापक कोषाध्यक्ष थिए । पछि एमाले इलामकै उद्योग तथा वाणिज्य विभागको जिल्ला सदस्य बने ।

पछिल्लो समय एमाले इलाम नगरपालिका नगरकमिटी सचिवालय सदस्य पदबाट उनले राजीनामा दिएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ