काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयकलाई बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
बिहान ११ बजे बस्ने बैठकमा न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले प्रस्ताव पेस गर्ने संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।