arrow

लागुऔषधसहित चार युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
pakrau.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.१९ लामाचौर बस्ने वर्ष २२ का अजय जिसी, कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ११ घर भइ हाल पोखरा-१६ दीप बस्ने वर्ष २९ का मिलन गुरुङ, वर्ष ४० का सन्तोष गुरुङ र गोरखा भिमसेनथापा गाउँपालिका वडा नं.३ स्थायी घर भइ हाल चितवन रत्ननगर नगरपालिका वडा नं. १३ माधवपुर बस्ने वर्ष २५ का समिर कोइराला रहेका छन् । 

पोखरा महानगरपालिका वडा नं.३० पावरहाउस चोकस्थित वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । 

अजय, मिलन र सन्तोषको साथबाट नुर्फिन ७० एम्पुल, डाईजापाम ७० एम्पुल र फेनरागन ७० एम्पुल गरी जम्मा २१० एम्पुल लागू औषध बरामद भएको कास्की प्रहरीले जनाएको छ । 

यस्तै, समिरको साथबाट नुर्फिन १०० एम्पुल, डाईजापाम १०० एम्पुल र फेनरागन १०० एम्पुल गरि जम्मा ३०० एम्पुल लागूऔषध बरामद भएको छ । 

पक्राउ परेका चार जना विरुद्ध कास्की जिल्ला-अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा १०/१० दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ