- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रौतहट । नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ४ को क्षेत्रीय समितिको बैठक सम्पन्न भएको छ । हिजो मङ्गलवार बसेको समितिको बैठकले रौतहट क्षेत्र नम्बर ४ बाट सङ्घीय संसद्मा देव प्रसाद तिमलसिनाको नाम सिफारिस गरेको छ ।
क्षेत्रीय सभापति रामस्नेही यादवको अध्यक्षतामा बसेको बैठकले सङ्घीय सांसदका लागि एक नम्बरमा देव प्रसाद तिमलसिना ,दोस्रो नम्बरमा शेख अमरुल र सन्ध्यादेवीको नाम सिफारिस गरेर पठाउने निर्णय भएको क्षेत्रीय सचिव बच्चु साह कानुले जानकारी दिए ।
पहिलो नम्बरमा तिमलसिनाको नाम सिफारिस भएसँगै बजारमा फैलिएका भ्रम हटेको महासमिति सदस्य देवराज कार्कीले बताए ।
विगत केही दिनदेखि सामाजिक सञ्जालमा आफूखुसी उम्मेदवारी दिनेको ओइरो लागेको थियो । जथाभाबी उम्मेदवारी घोषणा गर्नेहरूको मुखमा यतिबेला समितिले नेता तिमलसिनाको नाम सिफारिस गरेसँगै ताला लागेको कार्कीले बताए ।
कांग्रेसले लोकप्रियता अनि २०७४ को चुनावको मतान्तरलाई टिकट दिने मुख्य आधार बनाएको छ ।२०७४ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ४ बाट देव प्रसाद तिमलसिनाले नेकपा एमालेका डा.वंशीधर मिश्रलाई ५ हजार २ सय २५ मतान्तरले पराजित गरेका थिए ।
यस भन्दा पहिला सङ्घीय संसद्मा चुनाव लड्ने बताउँदै आएका रविनचन्द्र कोइरालाको नाम नै सिफारिस हुन सकेन ।