arrow

चामलको कालोबजारी गरेको आरोपमा गुप्ता पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
rice-pure.jpg
तस्बिर – फाइल ।

काठमाडौं । चामलको कालोबजारी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ मा चामल पसल गर्ने भारत विहार सितामढी बैरगनिया घर भएका ४४ वर्षीय राजेन्द्र प्रसाद गुप्ता रहेका छन्  । 

राजेन्द्रले ईण्डियन ब्राण्डेड बोरामा लोकल कमसल चामल प्याकिङ गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्ने क्रममा ३४२ बोरा लोकल चामल, १२० थान खाली बोराहरू र १ थान बोरा सिलाउने मेसिन सहित फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

उक्त पसल सिलबन्दी गरी उनी उपर कालोबजारी मुद्दामा जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ