arrow

सुदूरपश्चिम प्रदेशको राजधानी डेरामा, गठबन्धनको सम्भावना छैन – सभापति बलायर

logo
प्रकाश बम,
प्रकाशित २०७९ भदौ १५ बुधबार
bir-bahadur-balayar-2079-05-15.jpg

डोटी । सुदूरपश्चिम प्रदेशको राजधानी अहिले डेरामा रहेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले बताएका छन् । बुधबार नेपाल प्रेस युनियन डोटीले सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । 

पूर्व मन्त्रीसमेत रहेका बलायरले भने, ‘गोदावरीमा स्थायी राजधानी त तोकियो । तर कुनै हालतमा पनि उक्त ठाउँमा राजधानी हुन सक्दैन । पाँच वर्षमा राजधानी तोकिएको ठाउँमा कुनै भौतिक संरचना बनेको छैन । बन्नेवाला पनि छैन ।’ 

उनले थपे, ‘वन जंगल फडानी गर्न पाइँदैन । यदि नियम कानून विपरित रुख कटानी गरेमा नेपालले अन्तर्राष्ट्रिय अदालतमा उभिनु पर्ने स्थिति आउन सक्ने संकेत गरे । डोटीमा राजधानी हुन नसक्नु दुर्भाग्य हो । स्थायी राजधानी नआउनुको कारण निर्वाचित तत्कालीन नेकपाका सांसद र मुख्यमन्त्री रहेको आरोप लगाए ।’

डोटीमा गठबन्धनको सम्भावना छैन
उनले फरक प्रसंगमा बोल्दै भने, आउँदो मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनमा डोटीमा गठवन्धनको सम्भावना नरहेको बताएका छन् । डोटीमा ९० प्रतिशत मत कांग्रेससँग रहेको दाबी गर्दै जिल्लामा कुनै पनि पार्टीसँग गठबन्धन गर्ने अवस्था नरहने उनले बताएका छन् ।

जनता, मतदाता र नेता कार्यकर्ताहरुको मनोभावना विपरीत कुनै पनि हालतमा गठबन्धन गर्न नसक्ने कुरामा सभापति बलायरले जोड दिए ।

बलायरले भने,‘ केन्द्रीय नेतृत्वले गठबन्धनका नाममा कुनै जनाधार नभएका पार्टी तथा नेताहरुलाई ल्याइनु हुँदैन । 

जिल्लामा अहिलेसम्म गठबन्धनमा रहेका नेताहरुले आफू तथा कांग्रेस पार्टीसंग संबाद तथा सहकार्य गरेका छैनन् । कांग्रेसको जनाधार नभएको जिल्लामा हामी छोड्न तयार छौं तर डोटीमा भने छोड्दैनौं हामीमध्ये जोसुकै टिकट पाउँला त्यो ठूलो कुरा होइन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ