arrow

डेङ्गी नियन्त्रण गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १७ शुक्रबार
samsad4.JPG

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न जिल्लामा फैलिएको डेङ्गी रोग नियन्त्रणका लागि  सरकारको ध्यानाकर्षण गराएका छन् ।  

आजको बैठकको शून्य समयमा सांसद मीना सुब्बाले उपत्यकाका अस्पतालमा डेङ्गीका बिरामी दैनिकरुपमा बढ्दै गएको जनाउँदै बेलैमा नियन्त्रण गर्न सरकारसँग माग गरे । 

उनले त्रिवि शिक्षण अस्पताल, वीर, टेकु अस्पतालमा डेङ्गीका बिरामीले शय्या पाउन मुस्किल परेको अवस्था रहेको बताए ।

सांसद मैनाकुमारी भण्डारीले नागरिकता विधेयकमा सरकार संवेदनशील हुन नसकेको गुनासो गरिन् । सांसद रङ्गमती शाहीले स्वास्थ्य, शिक्षा र वृद्धवृद्धाको जिम्मा राज्यले लिनुपर्नेमा जोड दिइन् ।  

सांसद राजेन्द्रकुमार राईले धनकुटा जिल्लाको भेडेटार-पाँचथरको रविराँके सडक (एक सय एक किलोमिटर) बाटो निर्माण शुरु गरेको पाँच वर्ष भए पनि पूरा हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद रामवीर मानन्धरले शून्य समयमा बोलेको विषयको कुनै पनि सम्बोधन नहुने गुनासो गरे।

सांसद रेनुका गुरुङले नेपाल-भारत खुला सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि अन्त्य गर्न सरकारसँग माग गरिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ