arrow

पाकिस्तान सुपर चारमा, फेरि भिड्दै भारतसँग 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १८ शनिबार
pakistan-cricket-2022.jpg

काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटको सुपर चारको समीकरण पूरा भएको छ । पाकिस्तान र हङकङको खेल भएसँगै सुपर चारको समीकरण पूरा भएको हो । 

शारजाह क्रिकेट मैदानमा शुक्रबार हङकङलाई १ सय ५५ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान सुपर चारमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको हङकङ १० ओभर ४ बलमा ३८ रन जोड्दा अलआउट भयो ।

हङकङका लागि कप्तान निजाकट खानले सर्वाधिक ८ रन बनाए । किन्चित शाहले ६ रन जोड्दा स्कटले ४ रन जोडे । पाकिस्तानका लागि शादब खानले ४ विकेट लिए । मोहमद नवाजले ३ विकेट लिंदा नासिम शाहले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभर २ विकेट गुएर १ सय ९३ रन बनाएको थियो । मोहम्मद रिजवानले अविजित रहँदै ७८ तथा फकर जमानले ५३ रन बनाए ।

यस जितसँगै समूह एबाट पाकिस्तानले सुपर चारमा स्थान बनाएको हो । यस समूहबाट भारत दुवै खेल जितेर शीर्ष स्थानमा रहँदै सुपर चारमा पुग्यो । पाकिस्तान २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रह्यो । अंकविहीन हङकङ भने बाहिरिएको छ ।

समूह बीबाट अफगानिस्तान र श्रीलंका सुपर चारमा पुगे । बंगलादेश बाहिरिएको छ । 

आज बेलुकी अफगानिस्तान र श्रीलंका खेल्नेछन् । 

भोलि भारत र पाकिस्तान खेल्नेछन् । समूह चरणमा भारतले पाकिस्तानलाई हराएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ