arrow
ADVERTISEMENT

ब्राउन सुगरसहित तुलाधर पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
Sanu Babu.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका वडा नं. २ स्थायी घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १४ चाउथे बस्ने वर्ष २९ का सानुबाबु तुलाधर रहेका छन् । 

कास्की प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले शनिबार चाउथेको कदममार्गबाट तुलाधरलाई पक्राउ गरिएको हो । 

उनको साथबाट लागू औषध ब्राउन सुगर १.०१५ ग्राम बरामद भएको र उनलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ