arrow

अब एक चोटी फेरि सडकमा जान्छु : प्रचण्ड

अहिलेको निर्वाचन र शासन प्रणाली भ्रष्टाचार उत्पादन गर्ने कारखाना 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २० सोमबार
prachanda-narayankaji-2079-04-01.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेको निर्वाचन र शासन प्रणालीले भ्रष्टाचार उत्पादन गर्ने कारखाना भएको बताएका छन् । आइतबार एक कार्यक्रममा प्रचण्डले वर्तमान शासन र निर्वाचन प्रणाली बदल्न निर्वाचनपछि सडकमा जाने बताए । 

प्रचण्डले भने, ‘चुनाव पछि म यो प्रणाली बदल्नको निम्ति सडकमा जान्छु । सडकबाट मात्रै हामीले समाजवादको जे परिकल्पना संविधानमा गर्न खोजेको हो । त्यसलाई प्राप्त गर्न अब एक चोटी फेरि म यो मेसनरी बदल्नका निम्ति, यो निर्वाचन र शासन मेसनरी बदल्नका निम्ति जनतामा जानुको कुनै विकल्प छैन ।’
 
प्रचण्डले प्रस्ट वैचारिक राजनीतिक मार्गचित्र विना समाजवादको नयाँ मार्गचित्र नबन्ने बताए । उनले समाजवादको बनिबनाऊ मोडल नहुने भन्दै त्यसलाई समय र बदलिँदो परिस्थितिअनुसार समाज र आन्दोलनका यात्रीहरूले अनुसन्धान गर्ने र त्यही अनुसार व्यवहारमा लागू गर्नुपर्ने बताए । 

उनले चुनावअघि यो प्रणाली बदल्न सडकमा जान सम्भव नभएको बताउँदै अहिलेको प्रणालीले संसद नै मन्त्री र प्रधानमन्त्री हुने भएकाले भ्रष्टाचारलाई प्रोत्साहन दिने काम गरेको सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ