arrow

कञ्चनपुरमा गठबन्धन नगर्ने कांग्रेसको निर्णय 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७९ भदौ २० सोमबार
nepali-congress-flag-tree00.jpg

कञ्चनपुर । सुदूरपश्चिमको कञ्चनपुरमा गठबन्धन स्वीकार नगर्ने सत्तारुढ दल नेपाली कांग्रेसले निर्णय गरेको छ । 

केन्द्रमा सत्तारुढ ५ दलीय गठबन्धन गरि निर्वाचनमा होमिने सहमति गरे पनि कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा भने गठबन्धन स्वीकार नगर्ने निर्णय गरिएको हो । 

सङ्गठनात्मक हिसाबले बलियो रहेको निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेस एक्लै निर्वाचन जित्न सक्षम रहेकाले गठबन्धन अस्वीकार गर्ने निर्णय गरिएको नेपाली कांग्रेस कञ्चनपुर १ का क्षेत्रीय सभापति गोपिप्रसाद उपाध्यायले बताए । 

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा क्षेत्रका ४ मध्य २ पालिका नेपाली कांग्रेसले जितेको थियो ।  कांग्रेसको एक्लै निर्वाचन जित्ने हैसियत रहेकाले गठबन्धन नगर्ने निर्णयमा पुगेको क्षेत्रीय सभापति उपाध्यायले बताए । 

कञ्चनपुर १ मा नेपाली कांग्रेसले गठबन्धन अस्वीकार गरे पछि सत्तारुढ दलहरुबिच गठबन्धन गरेर निर्वाचनमा भाग लिने सहमति तुहिने निश्चित भएको छ । 

यस अघि पनि नेपाली कांग्रेस क्षेत्रीय समितिको दृढ अडानले गठबन्धन भएको थिएन । कांग्रेसले गठबन्धन गर्न हुँदैन भन्ने  मतदाताहरूको चाहना रहेको क्षेत्रमा पार्टीले गठबन्धन अस्वीकार गर्ने निष्कर्षमा पुगेको क्षेत्रीय सभापति उपाध्यायले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ