arrow

कांग्रेस प्रेस स्वतन्त्रता र पत्रकारको हकहितमा कटिबद्ध छ: भट्ट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २० सोमबार
congress-kailalis.jpg

लम्की । नेपाली कांग्रेस कैलाली जिल्ला सभापति नारायणदत्त भट्टले प्रेस स्वतन्त्रता र पत्रकारको हकहितमा आफू कटीबद्ध रहेको बताएका छन् । नेपाल प्रेस युनियन लम्की शाखामा आबद्ध युनियनकर्मी पत्रकारसँग अन्तर्क्रिया कार्यक्रममा बोल्दै सभापति भट्टले नेपाली कांग्रेस प्रेस स्वतन्त्रता र पत्रकारको हकहितमा कटीबद्ध रहेको स्पष्ट पारेका थिए । 

पत्रकारले उठाएका विभिन्न सवालको जवाफ दिँदै सभापति भट्टले जिल्लाको विभिन्न क्षेत्रमा मोफसलमा रहेका पत्रकार र साना लगानीमा सञ्चालन गरिएका स्वरोजगार मूलक मिडिया हाउसले ग्रामीण क्षेत्रको विकासका लागि सशक्त भूमिका खेलेकोमा धन्यवाद दिँदै त्यस्ता मिडिया र यस क्षेत्रका सञ्चारकर्मीका विभिन्न समस्याहरू सम्बोधनका लागि आफू र आफ्नो पार्टीले सक्दो प्रयास गर्ने बताए ।

 आसन्न मङ्सिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गदै देशमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली कांग्रेस सहितको गठबन्धनलाई जिताउनका लागि आम जनतालाई आग्रह समेत गरेका थिए । संविधान रक्षाको लागि अहिलेको गठबन्धन सरकारको आवश्यक रहेको बताउँदै नेता भट्टले यसलाई निरन्तरता दिन पत्रकारको भूमिका झनै महत्त्वपूर्ण हुने बताउँदै सहयोगका लागि आग्रह समेत गरेका थिए ।

 कार्यक्रममा नेपाली कांग्रेसका सुदूरपश्चिम समिति कोषाध्यक्ष उत्तम कठायतले लोकतन्त्र रक्षाको लागि देशमा नेपाली कांग्रेस सहित गठबन्धनले जित्नै बताए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति भीम बडूवालले नेपाली कांग्रेस सधैँ पत्रकारको हक र हितको लागि प्रतिबद्ध रहेको बताए । नेपाली कांग्रेसका जिल्ला सचिव केशव मिश्रले नेपाली कांग्रेस र प्रेस युनियन बिचको सम्बन्ध सुमधुर भए मात्र लोकतन्त्रलाई बलियो र दिगो बनाउन सकिने बताए ।

 कार्यक्रममा नेपाली कांग्रेस कैलालीका प्रचार/ प्रसार विभाग प्रमुख तपेन्द्र भुषाल, नेपाली कांग्रेसका नेता महासमिति सदस्य युवा नेता कमल बहादुर शाह, नेता मोहनसिंह राठौर, जिल्ला सदस्य तथा सङ्गठन विभाग प्रमुख देवानन्द जैशी, जिल्ला सदस्य देवकी कार्की, नेपाल प्रेस युनियन लम्की शाखाका संस्थापक सभापति रङप्रसाद तिमिल्सैना लगायत पदाधिकारी तथा यस क्षेत्रका युनियनकर्मी पत्रकारहरूले यस क्षेत्रका पत्रकारका समस्या, समसामयिक विकास निमार्णका साथै जनजीविकाको विषयमा समेत आफ्ना धारणहरू राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ