arrow

मुगुमा एमालेबाट बाँनिया र कांग्रेसबाट शाही सर्वसम्मत सिफारिस

२०७० का मुख्य प्रतिस्पर्धी बीच पुनः २०७९ मा भेट हुने सम्भावना 

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७९ भदौ २० सोमबार
Mohan-Baniya-sahi-mugu.jpg

मुगु । आसन्न मङ्सिर ४ गते हुन गइरहेको सङ्घीय तथा प्रदेश चुनावका लागि दलहरूले आ-आफ्ना उम्मेदवार छनौटका लागि धमाधम सम्भावित उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरिरहेका छन् । यसै सन्दर्भमा विकट हिमाली जिल्ला मुगुमा पनि यहाँ क्रियाशील राजनैतिक दलहरूले आफ्ना सम्भावित उम्मेदवारहरूको नामावली केन्द्रीय कार्यालयमा सिफारिस गरेका छन् ।

जिल्लामा साना ठुला गरेर सात जति राजनैतिक दलहरू भए पनि मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा एमाले नै भएकाले सबैको चासो यिनै दलहरूले को उम्मेदवार सिफारिस गर्छन् भनेर चासो हुने गरेको छ । 

गत १६ र १७ गते बसेको कांग्रेस बैठकले जिल्ला सभापति ऐन बहादुर शाहीलाई प्रतिनिधि सभाको उम्मेदवारमा एकल नाम सर्वसम्मत सिफारिस गरेको छ । त्यस्तै १८ र १९ गते बसेको नेकपा एमाले जिल्ला कार्य समितिको बैठकले प्रतिनिधि सभाको निर्वाचनका लागि वर्तमान समानुपातिक सांसद मोहन बाँनियालाई उम्मेदवार बनाउन सर्वसम्मत नाम चयन गरेको छ ।

कांग्रेस बैठकले सङ्घीय समानुपातिकका लागि पूर्व शिक्षा मन्त्री हस्त बहादुर मल्ल, धनशिला मल्ल र फिल्मी निर्माता तथा निर्देशक मीन बहादुर भामलाई सिफारिस गरेको छ भने प्रदेश तर्फ मुगु क्षेत्र नं १ का प्रत्यक्षका लागि पूर्व पाटी उपसभापति खगेन्द्र बहादुर मल्ल,नि वर्तमान नगरप्रमुख तथा वर्तमान पाटी उपसभापति हरिजंग शाही र महाधिवेशन प्रतिनिधि तिलक बहादुर मल्ल र समानुपातिकमा सूर्यदेवी मल्ल,पदम रावल, कार्माफुन्जोक लामा,लक्ष्मी रावत,भीम तिरुवा,च्यावा लामा फुन्जोक लामा, रमाइली रावल, खम्यानी कामीको नाम सिफारिस गरेको छ ।

यस्तै कांग्रेसले प्रदेश क्षेत्र नं २ बाट प्रत्यक्षका लागि निवर्तमान पाटी सभापति खडुक बहादुर शाही, रतन बहादुर शाही र महाधिवेशन प्रतिनिधि लेक विक्रम शाह र समानुपातिकमा जन्मजय भण्डारी,महेश गिरी,रुपकर्ण शाही,गोमा गिरि,लोग बहादुर शाहीको नाम सिफारिस गरेको कांग्रेस मुगुमा प्रवक्ता प्रकाश विक्रम शाहीले जानकारी गराए । 

एमालेले भने प्रदेश उम्मेदवारका लागि आकाङ्क्षी धेरै भएकाले सोमबारसम्म सहमति जुटाउन सकेको छैन । बैठक जारी रहेको छ । 

नेपाली कांग्रेस र नेकपा एमालेले सर्वसम्मत सिफारिस गरेका उम्मेदवारहरू २०७० सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा मुख्य प्रतिस्पर्धी थिए । त्यो बेला नेकपा एमालेका उम्मेदवार मोहन बानियाले जित हासिल गरेका थिए भने कांग्रेसका उम्मेदवार ऐन बहादुर शाही पराजित भएका थिए ।
 
संयोग भनौ यो परिस्थितिले तिनै मुख्य प्रतिस्पर्धी उम्मेदवारको पुन आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रतिस्पर्धी हुने सम्भावना बढेको छ । पाँच दलीय गठबन्धनबाट मुगुमा कांग्रेसले सङ्घीय सांसदका लागि सिट पाएमा यो चोटि चुनाव रोचक हुने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ