arrow

काठमाडौं ७ बाट कुन दलका को को परे सिफारिसमा ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २० सोमबार
congress-uml-maobadi-as-jasapa.jpg

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको लागि काठमाडौं ७ मा सिफारिस भएको छ । कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका प्रमोदहरि गुरागाईसहित डा. रामशरण थपलिया, विनोद पन्त, दयाराम पाण्डे, दक्ष पौडेल, नीलकाजी शाक्य, सरोज थापा, सुशील भट्ट र प्रमिलासिंह डंगोलको नाम पनि सिफारिस भएको छ । 

यस्तै, एमालेबाट रघुजी पन्त, विद्यासुन्दर शाक्य, ईन्दिरा पन्त, बिपी ढकाल र श्याम घिमिरेको नाम सिफारिस भएको छ । माओवादी केन्द्रबाट मुक्ति प्रधान र रामबाबु फुँयालको दाबेदारी रहेको छ । यद्यपि, उनीहरूको नाम सिफारिस भइसकेको छैन ।

यस क्षेत्रबाट एकीकृत समाजवादीबाट वसन्त मानन्धर र जनता समाजवादी पार्टी (जसपा) बाट राजेन्द्र श्रेष्ठ, स्वतन्त्रबाट यादवलाल कायस्थ, रवीन्द्रकुमार श्रेष्ठ र सूर्य सिलाकारको नाम सिफारिस भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ