arrow

गठबन्धन गर्ने केन्द्रीय समितिको निर्णय मान्न हामी बाध्य छैनौँ : कांग्रेस नेता विष्ट 

गठबन्धन गरे पनि माओवादी नेतृ बिना जी चुनाव जित्नु हुन्न

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७९ भदौ २१ मंगलबार
diwan-sinha.jpg

कञ्चनपुर । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गर्ने केन्द्रीय समितिको निर्णय मान्न हामी बाध्य नभएको संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका नेता दिवानसिंह विष्टले बताए । 

सोमबार कञ्चनपुरको पुनर्वासमा नेपाली कांग्रेस द्वारा आयोजित "जनताको साथमा कांग्रेस" अभियान कार्यक्रममा बोल्दै नेता विष्टले भने " कांग्रेसले जित्ने निर्वाचन क्षेत्र माओवादीलाई कांग्रेसले किन छोड्ने ? 

गठबन्धन त्यहाँ गरौँ जहाँ जित्न सकिँदैन नेता विष्टले भने कञ्चनपुर १ मा गठबन्धन गरे पनि माओवादी नेतृ बिना जी चुनाव जित्नु हुन्न । हार्ने उम्मेदवारलाई कांग्रेसले किन काँध थाप्ने ? नेता विष्टले भने - गठबन्धन गर्ने नगर्ने निर्णय गर्ने केन्द्रको अधिकार हो भने विद्रोह गर्ने अधिकार हाम्रो हो । जबरजस्ती लादिए विद्रोह हुनेछ । 

निर्वाचनको तयारीका लागि कांग्रेसले थालेको जनताको साथमा कांग्रेस अभियानका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य राम जनम चौधरीले यस क्षेत्रका कार्यकर्ताहरूको भावना जस्ताको त्यस्तै केन्द्रीय समितिमा राख्ने बताए । 

सोमबार नेपाली कांग्रेसले कञ्चनपुर १ मा प्रदेश १ को  पुनर्वास र प्रदेश २ को बेलौरीमा कार्यक्रमको आयोजना गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ