arrow

गृहले गर्‍यो सीडीयोको सरुवा, को कहाँ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
ministry-home-affairs.jpg

काठमाडौँ । गृह मन्त्रालयले दर्जन बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीयो) को सरुवा गरेको छ । मन्त्रालयले काठमाडौँ, ललितपुर, कास्की, जुम्ला, दैलेख, बाँके, सप्तरीसहितका जिल्लाका सीडीयोको सरुवा गरेको हो । 

मन्त्रालयले काठमाडौँका सीडीयोमा ललितपुरका सीडीयो घनश्याम उपाध्यायलाई ल्याएको छ । काठमाडौँका सीडीयो गोविन्द रिजाल गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा तानिएका छन् । 

ललितपुरमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको सरुवा भएको छ । कास्कीको सीडीयोमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसी बनेका छन् । 

जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईँलाई मन्त्रालय तान्दै त्यहाँ मुकेशकुमार केसरी पठाइएको छ । यस्तै, दैलेख जिल्ला प्रशासनको जिम्मेवारी गोगन बहादुर हमाललाई दिइएको छ भने दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायकमा पठाइएको छ । 

यता, बाँकेका सहायक टोपेन्द्र बहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा, पाँचथर सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथरमा गणेश गैरेलाई सरुवा गरिएको छ । 

यसैगरी सङ्खुवासभाका प्रजिअ नुरहरि खतिवडालाई सप्तरी जिल्ला प्रशासन कार्यालय, सप्तरीको जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभामा सरुवा गरिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ