arrow

बालेन भन्छन् –इन्द्रजात्रामा सहभागी हुन विदेशी पाहुना आउँदै छन् 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
walendra-indrajatra-.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी पाहुना सहभागी हुने जनाएको छ । बुधबार पत्रकार सम्मेलन गरेर महानगरले यस वर्षको इन्द्रजात्रा पर्व अवलोकलन गर्न विदेशी पाहुनालाई आमन्त्रण गरिएको जनाएको हो । 

काठमाडौं महानगर प्रमुख वालेन्द्र साह (बालेन) ले इन्द्रजात्रा काठमाडौंमा मात्र सीमित नगराएर अन्तर्राष्ट्रियस्तरमै चिनाउन खोजिएको बताए । यसका लागि विभिन्न देशका प्रतिनिधिलाई आमन्त्रण गरिएको महानगर प्रवक्ता तथा काठमाडौं वडा १७ का वडा अध्यक्ष नविन मानन्धरले जानकारी दिए । 

‘यस वर्ष हामीले इन्द्रजात्रा अवलोकनका लागि देशी विदेशी पाहुनालाई बोलाएको छौँ,’ उनले भने, ‘कूटनीतिक नियमानुसार संघीय सरकारमार्फत विदेशी पाहुनालाई बोलाएका छौँ ।’ 

यस वर्षको इन्द्रजात्रा आउँदो शुक्रबार रहेको छ । तर, इन्द्रजात्राको सुरुवात भने भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ