arrow

कालोपट्टी बाँधेर कर्मचारीले गरे सरसफाइ  

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ भदौ २२ बुधबार
karmachari-kalo-patti-banke.jpg

राप्तीसोनारी ।  बाँकेको राप्तीसोनारी गाउँपालिकामा निजामती सेवा दिवस मनाइएको छ । निजामती सेवा दिवसको अवसरमा राप्तीसोनारी गाउँपालिकाका कर्मचारीहरुले बुधबार बिहान सरसफाइ गरेका छन् ।

निजामती कर्मचारीले कार्यालयदेखि अगैया बजारसम्म पुगेर सरसफाई गरेको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए । दिवसकै अवसरमा दिउँसो ३ बजे जनप्रतिनिधि र कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको छ । 

कालो दिनको रुपमा चित्रण, हातमा कालो पट्टी

राप्तीसोनारी गाउँपालिकाका कर्मचारीहरुले निजामती दिवस मनाइरहँदा  आजको दिनलाई कालो दिनका रुपमा चित्रण गरेका छन् । नयाँ निजामती ऐन, कर्मचारी समायोजन लगायत विषयमा असन्तुष्टि जनाउँदै निजामती कर्मचारी युनियन लगायत विभिन्न संघसंगठन आन्दोलित छन् । 

उक्त आन्दोलन चलिरहेका कारण निजामती दिवसलाई कालो दिनका रुपमा मनाउन बाध्य भएको निजामती कर्मचारी युनियन राप्तीसोनारीका अध्यक्ष गौरवकुमार लामिछानेले बताए । 

उनीहरुले हातमा कालो पट्टी बाँधेर दिवस मनाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ