arrow

डेंगीबाट थप एक बालिकाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २३ बिहिबार
dengue-mosquito.jpg

धनगढी । कैलालीमा डेंगीका कारण थप एक जनाको ज्यान गएको छ । टीकापुर नगरपालिका वडा नम्बर ६ आमवासाकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको बताइएको छ ।

टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले बालिकाको उपचारका क्रममा बुधबार नै नेपालगञ्ज भेरी अस्पतालमा मृत्यु भएको र यसबारे बिहीबारमात्र जानकारी प्राप्त भएको बताएका छन् ।

सिकिस्त बिरामी भएकी बालिकालाई १९ गतेदेखि भेरी अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो । यसअघि धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगीका कारण मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ