arrow
ADVERTISEMENT

लाइसेन्स परीक्षाका नक्कली परीक्षार्थी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २४ शुक्रबार
Pokhara.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कस्कीले सवारी साधन अनुमति पत्रको ट्रायल परीक्षामा परीक्षा दिने नक्कली परीक्षार्थीसहित दुई जना पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मकवानपुर घर भइ पोखरा महानगरपालिका वडा नं. ८ सभागृहचोक बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा रहेकी छन् । 

विक तनहुँ भानु नगरपालिका वडा नं. २ निवासी मञ्जु पाण्डेको ट्रायल परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको र विकलाई परीक्षा दिन लगाउने तनहुँ भानु-४ घर भइ जिल्ला पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन बस्ने वर्ष ३५ की निरा रानाभाट रहेकी छन् । 

पक्राउ परेका दुवैलाई शिक्षा ऐन सम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ