arrow

दुई युवा एक किलो सुनसहित पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २६ आइतबार
Arrest-Crime.jpg

काठमाडौं । काठमाडौं महानगरपालिका–४ महाराजगन्ज शंखपार्कस्थित सडकबाट एक केजी सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ रुबीभ्याली गाउँपालिका–३ घर भई हाल काठमाडौं टोखा बस्ने ३० वर्षीय तोकमान तामाङसहित दुई जना हुन् । 

उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ