arrow

युवतीमाथि सामुहिक बलात्कार : आठ जना पक्राउ, एक फरार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २६ आइतबार
balatkar_news.JPG

पोखरा । पोखराकी २६ वर्षकी एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । ती युवती नौ जनाको समूहद्वारा बलात्कृत भएकी हुन् ।

भदौ १४ गते राति पोखरा महानगरपालिका वडा नं. ७ शान्तिनगरमा गाडी कुरेर बसिरहेकी युवतीलाई युवकहरुको समूहले कोठामा पुर्याइदिने भन्दै कास्कीको माछापुच्छ्रे गाउँपालिकाको एक बंगुर फार्ममा पुर्याएर बलात्कार गरेको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार युवतीको कोठा बगरमा रहेको थियो । 

मिर्मिरे उज्यालो हुँदै थियो । भदौ १४ गते बिहान एक युवती पोखरा लेकसाइड ७ शान्तिनगर चोकमा बस कुरिरहेकी थिइन् । बिहानकै समय भएकाले सार्वजनिक बस चल्ने सम्भावना थिएन । पातलो संख्यामा निजी बाइक, कार चलिरहेका थिए ।

१४ गते बिहान ६ बजेदेखि १५ गते दिउसोसम्म फार्मका कर्मचारी बस्ने कोठामा थुनेर नौ जनाले पटक पटक बलात्कार गरेको बताइन्छ । बंगुरफार्म माछापुच्छ्रे गाउँपालिका वडा नं. ३ मा रहेको र सो फार्म राजीव जिसीले सञ्चालन गर्दै आएको बताइन्छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीका अनुसार पीडित युवती १५ गते त्यहाँबाट भागेर पोखरा आउन सफल भइ १५ गते साँझ नै आफू सामुहिक बलात्कारमा परेको भन्दै कास्की प्रहरीमा उजुरी दिएकी थिइन् ।

उजुरी पछि कास्की प्रहरीले नौ जनामध्ये आठ जनालाई पक्राउ गरेको छ भने एक जना फरार छन् । उनी अझै पनि फरार रहेको र खोजी भइरहेको डिएसपी तिवारीले बताए । 

पक्राउ परेकाहरुलाई कास्की जिल्ला अदालतबाट पहिलो पटक सात दिन र दोश्रोपटक पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ३ घाचोकका २९ वर्षीय अनुप अधिकारी, ३१ वर्षका अमृतज्यु ठकुरी, वर्ष ३० का राजिव जिसी, वर्ष २४ का सञ्जीत नेपाली, लाहाचोकमा वर्ष २४ का सञ्जु शाही, घाचोक लम्साल टोलका वर्ष ३० का सन्तोष दवाडी, २० वर्षीय साजन दवाडी, वर्ष २८ का रामेश्वर धिताल छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ