arrow

फरार दुई अभियुक्त पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २८ मंगलबार
pakrau9.jpg

सप्तरी । चोरी मुद्दामा सप्तरीको राजविराज नगरपालिका वडा नं. ६ बस्ने २१ वर्षीय गोपी भनिने किसन राउत मेहतर आज पक्राउ परेका छन् । सप्तरी जिल्ला अदालतबाट कैद सजाय ठहर भई फरार रहेका मेहतरलाई कैद भुक्तानका लागि राजविराज कारागार पठाइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

चोरी मुद्दामा अदालतबाट २०७८ चैत १४ गते उनलाई पाँच महिना कैद र रु पाँच हजार जरिवाना ठहर भएको थियो । आरोपितले २०७७ कात्तिक १९ गते सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ तिलाठी बस्ने ३१ वर्षीय झौली कामैतको घरबाट खसी चोरेका थिए । 

यसैगरी सवारी ज्यान मुद्दामा फरार रहेका सप्तरीको सुरुङगा नगरपालिका वडा नं. २ पिप्रा पश्चिमका ३५ वर्षीय शिवराज दाहाललाईसमेत प्रहरीले पक्राउ गरेको छ । अदालतले विसं २०७५ चैत ३ गते दाहाललाई एक महिना १५ दिन कैद ठहर गरेको थियो । कैद ठहर गरी फैसला गरेपश्चात फरार रहेका दाहाललाई खोजतलासको क्रममा आज पक्राउ गरी कैद भुक्तानका लागि कारागार पठाउन लागिएको छ ।

उदयपुरगढी गाउँपालिका वडा नं. ७ की ३१ वर्षीय सुशीला तामाङले स१त ५५५९ नंका ट्र्याक्टर धनी दाहालविरुद्ध उजुरी दिएकी थिइन् ।

फैसला कार्यान्वयनअन्तर्गत गत वर्ष सप्तरी प्रहरीले चार सय चार जनालाई पक्राउ गरेको थियो । यसमा देवानी मुद्दाअन्तर्गत तीन सय ४७ र फौजदारी अपराधअन्तर्गत ५७ जना रहेका थिए ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ मा  प्रहरीले एक सय तीन वर्ष ११ महिना २६ दिन कैद र रु १० लाख ८९ हजार एक सय २६ जरिवाना असुल गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ