- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बाजुरा । बाजुरा जिल्ला बुढीगंगा नगरपालिका वडा १ अम्कोटका पहिरोपीडितहरू दिनभर साहुको भारी बोक्दै साँझ बिहानको छाक टार्ने गरेका छन्। साँफे-मार्तडी सडक खण्डअन्तर्गत पर्ने अम्कोटमा विगत ६ वर्षदेखि पहिरो आउने गरेको छ।
पहिरोले गर्दा साँफे-मार्तडी सडक तीन महिनादेखि अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा साँफे- मार्तडी कोल्टीको यात्रा निकै कष्टकर रहेको यात्रुहरूले गुनासो गर्ने गरेका छन् ।
अम्कोट पहिरोले गर्दा २ सयभन्दा बढी अम्कोटवासीको बिचल्ली हुनुका साथै साँफे-मार्तडी सडक खण्डमा सञ्चालन हुने साना तथा ठूलो दुरीका सवारीसाधनहरू बन्द हुँदा खाद्यान्न तथा अन्य दैनिक खाद्यवस्तु ढुवानी गर्न समस्या भएको छ ।
पहिरोले घर वास जग्गा जमिन बगाएपछि अम्कोटका १ सयभन्दा बढी परिवार पूर्ण विस्थापित भइसकेको पहिरोपीडित काशी चन्द पाध्यायले बताए। 'साँझ बिहान के खाने के लगाउने भन्ने चिन्ताले मन पिरोलिरहेको छ' उनले भने ।